काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच विद्युतीय शवदाहगृह निर्माण तथा सञ्चालन गर्ने विषयमा सम्झौता

2 years ago

काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच विद्युतीय शवदाहगृह निर्माण तथा सञ्चालन गर्ने विषयमा सम्झौता

काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच विद्युतीय शवदाहगृह निर्माण तथा सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विद्युतिय शबदाहगृह निर्माणको लागि महानगर र कोषबीच १३ बुदें सम्झौता भएको हो । काठमाडौं महानगरपालिका–८ तिलगंगामा तीनवटा मेशिन सहितको शवदाहगृह निर्माण गर्न महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता गरिएको जनाइएको छ ।

शवदाह गृह निर्माणका  सार्वजनिक सूचना मार्फत बोलपत्र आब्हान भइसकेकाले मेसिन खरिद प्रकृया टुंगोमा पुर्‍याइ बोलपत्रदाता छनोट गर्ने, आशयको सूचना प्रकाशन गर्ने र छनौट भएको बोलपत्रदातासँग सम्झैता गर्ने तथा कार्यादेश दिने काम कोषले गर्ने सम्झौता भएको छ ।

यस्तै काठमाडौं महानगरले शवदाहगृत निर्माणको लागत तिन किस्तामा  र मेशिनको लागि एकमुष्ट रकमको ३० प्रतिशत र बाँकी अन्तिम किस्ता अनुदान उपलब्ध गराउने सहमति भएको छ । शवदाहगृत निर्माणका लागि महानगरले अनुदान दिने रकम अन्य  कार्यका लागि खर्च गर्न नपाइने सम्झौता भएको छ ।

दुईपक्षबीच  सम्झौता गर्न आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या.सुन्दर शाक्यले महानगरले पशुपति क्षेत्रविकास कोषसँग सहकार्य गरी  तीनवटा मेसिन सहितको शवदाहगृह निर्माणको लागि बजेट विनियोजन गरिसकेको बताउनु भयो ।

उहाँले महानगरले  आफुले गर्नुपर्ने कामहरु विभिन्न संघसंस्थासँगको सहकार्यमा अघि बढाइएको बताउनु भयो ।