काठमाडौ उपत्यकामा तरकारीको भाउ आकासियो

2 years ago

काठमाडौ उपत्यकामा तरकारीको भाउ आकासियो

कोरोनाको जोखिम बढेको भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि काठमाडौ उपत्यकामा तरकारीको भाउ अकासिएको छ ।

आपूर्ति व्यवस्था सहज बनाउने कुनै योजनाविनै सरकारले लकडाउन र निषेधाज्ञाजस्ता आवतजावतमा कडाइ गर्ने व्यवस्था लागू गर्दा तरकारीको भाउ आकासिएको हो । कालिमाटीको थोक बजारमा नै हरियो ताजा तरकारीको भाउ निकै बढेको व्यापारीहरुको भनाई छ ।

तरकारीको भाउ नै बढ्न थालेपछि साना व्यापारीहरु पनि तरकारीको व्यवसाय गर्न आकर्षिक भएका छन् । अन्य व्यसाय गरेका साना व्यपारिहरुले भने थोरै परिमाणमा तरकारी बिक्रिबिरण गर्न थालेका छन् । 

सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक ५–६ लाख किलो तरकारी आयात हुने गरेपनि निषेधाज्ञाका कारण आयात घटेको कालिमाटी बजारको तथ्यांकले देखाएको छ । यस्तै निषेधाज्ञालगत्तै दैनिक उपभोग्य खाद्यान्नको मूल्यमामा समेत बृद्धि हुन थालेको गुनासो सर्वसाधारणहरुले गरेका छन् ।