काठमाडौंमा धर्ना बसेकाहरु उखु किसान नभएर बिचौलिया मात्र भएको सर्लाहीका चिनी मिल सञ्चालकको आरोप

2 years ago

काठमाडौंमा धर्ना बसेकाहरु उखु किसान नभएर बिचौलिया मात्र भएको सर्लाहीका चिनी मिल सञ्चालकको आरोप

सर्लाहीका चिनी मिल सञ्चालकहरुले काठमाडौंको माइतीघरमा धर्नामा बसेकाहरु उखु किसान नभएर बिचौलिया मात्र भएको आरोप लगाएका छन् ।

सोमबार उद्योग मन्त्रालयसंगको छलफलका क्रममा उनीहरुले उखु किसानको नाममा आउने भौचर किन्ने बिचौलियाहरु नै धर्नामा बसेको भन्दै अनुसन्धान गर्न आग्रह गरेका थिए । उनीहरुले वास्तविक किसानहरुलाई बिचौलियाले मर्कामा पारेको र धर्नामा बसेकाहरुको अनुसन्धान गर्न आग्रह गरेको उद्योग मन्त्री  लेखराज भट्टले जानकारी दिनुभयो ।

मन्त्री भट्टले छलफलका क्रममा किसानको भुक्तानी गर्न निर्देशन दिइएको बताउनु भयो । अहिले सर्लाहीको अन्नपूर्णले १७ करोड र र इन्द्रा सुगर मिलले ४ करोड ७० लाख बक्तौत्ता तिर्न बाकी देखिएको उहाको भनाई रहेको छ ।मन्त्री भट्टले किसानको समस्या तत्काल समाधानका लागि पनि जोड दिएको बताउनु भयो ।

त्यस्तै रौतहतको श्रीराम सुगर मिल बन्द भएको र ३५ करोड तिर्न बाँकी रहेकाले आफ्नौ भौतिक सम्पती बेच्ने प्रक्रियामा गएको जानकारी आएको मन्त्री भट्टले बताउनुभयो । लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्तौता रकम नपाएको भन्दै उखुकिसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेपछि मन्त्री भट्टले चिनी मिल सञ्चालकहरुसंग छलफल गर्नुभएको हो ।