काठमाडौंको खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काइए

2 years ago

काठमाडौंको खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काइए

बुधबार काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो भने त्यहा राखिएका सामानहरु पनि महानगरले हटाएको छ ।

खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरु राखिएका थिए ।

त्यस्तै दरबार हाइस्कुल निर्माणमा खटिएका चिनियाँ ठेकेदारले मजदुरहरू राख्न टहरा आवासका रूपमा प्रयोग गर्दै आएका थिए । यसबाहेक सवारी पार्किङका कारण पनि खुलामञ्च साँघुरिएको छ ।

त्यसअघि अभियन्ताहरुले खुलामञ्चलाई खुल्ला राख्नुपर्ने भन्दै दबाबमुलक कार्यक्रम गर्दै आएका थिए ।

खुलामञ्च जोगाऔं अभियानका अभियन्ता एवं काग्रेस नेता भीमसेनदास प्रधानले खुलामञ्चलाई पुरानै अवस्थामा ल्याउनेप्रयासका लागि आफुहरुले सरोकारवालाहरुको ध्याकर्षण गराएको बताउनुभयो । उहाँले खुल्लामञ्चलाई राजनीतिक कार्यक्रम गर्ने थलो बनाउनुपर्ने र यसको मौलिकतालाई मास्न नहुने धारणा राख्नुभयो । 

खुलामञ्चमा विगत सार्वजनिक सभा समारोह हुने गर्दथ्यो । खुलामञ्चमा ठाउँ नभएपछि राजनीतिक पार्टीका सभासम्मेलन सडकमा हुन थालेका छन् । पुरानो बसपार्कले पनि खुलामञ्चको आधी भाग ओगटेको छ । पुरानो बसपार्कमा टावर बनाउन बसपार्क खुलामञ्चमा सारिएको हो