कांग्रेसले अदालतको निर्णय स्वीकार गर्ने : शेरबहादुर देउवा

2 years ago

कांग्रेसले अदालतको निर्णय स्वीकार गर्ने : शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले अदालतको निर्णय स्वीकार गर्ने बताउनु भएको छ । 

आइतबार देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा उहाँले  प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै देउवाले सडकबाट दवाव दिन नहुने समेत बताउनु भयो ।

देउवाले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने जिकिर गर्नुभयो । उहाँले कदम असंवैधानिक नै भएको भन्दै आन्दोलनमा रहेको धारणा राख्नुभयो । 

उहाँले नेपालको एकीकरणको विषय निकै पुरानो भइसकेको बताउनु भयो । मुलुकमा राजा आऊ देश बचाऊको नारा लागि रहेको अवस्थामा पृथ्वीनारायणको तस्विरमा माला लगाउन नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा कही पनि विघटन गर्ने ठाउँ नै नराखिएको बताउनु भयो । उहाँले काँग्रेस संसद पुर्नस्थापनाको पक्षमा आवाज लिएर सडकमा जाने स्पष्ट पार्नुभयो । कार्यक्रममा कांग्रेसका नेता अर्जुननरसिंह केसीले पृथ्वीजयन्ती मनाउने निर्णयमा पुग्न सभापति देउवालाई अनुरोध गर्नु भएको थियो ।