ओलीको नीति हिन्दुवादी, फाशिष्ट र सर्वसत्तावादी भएका: भट्टराई

2 years ago

ओलीको नीति हिन्दुवादी, फाशिष्ट र सर्वसत्तावादी भएका: भट्टराई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ओलीको नीति हिन्दुवादी, फाशिष्ट र सर्वसत्तावादी भएको आरोप लगाउनु भएको छ । 

संविधानसभा सदस्य मञ्चद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप समेत लगाउनु भयो । ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको उहाँले बताउनु भयो ।

त्यस्तै भट्टराईले अदातलले पुनःस्थापित गराउने आधार देखेको भन्दै अदालतबाट प्रतिनिधि सभा पुनःस्थापित भएन भने पनि जनप्रतिनिधि सभा मर्न नसकने तर्क गर्नुभयो । उहाँले संविधानलाई जोगाएर मात्रै अघि बढ्नुपर्ने संविधान गुमे लाखौ जनताको सपना चकनाचुर हुने बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले ओलीले संसद्को विघटन नभई संविधानको विघटन भएको बताउनु भयो । उहाँले संसद विघटनको मुद्ध पूर्ण बृहत् इजलासबाट हेर्नुपर्छ भनेर माग गरिरहेको जानकारी पनि दिनुभयो ।