एक्सन एड नेपालद्वारा सरकारलाई पिपिइ हस्तान्तरण

2 years ago

एक्सन एड नेपालद्वारा सरकारलाई पिपिइ हस्तान्तरण

एक्सन एड नेपालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई व्यक्तिगत सुरक्षा उपकरण पिपिइ हस्तान्तरण गरेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक्सन एड नेपालले ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री पिपिई उपलब्ध गराएको हो । एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा एक्सन एड नेपालकी कार्यकारी निर्देशक माथेमाले कोरोनाको उपचारका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै व्यक्तिगत सुरक्षा उपकरण पिपिइ प्रदान गरिएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।