एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु

2 years ago

एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु

सरकारले मुलुकभर एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु गरेको छ । सात प्रदेशका ७५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शैय्याका ३९६ आधारभूत अस्पताल निर्माण शुरु गरेको हो ।

अस्पताल निर्माणका क्रममा सोमबार ललितपुरको गोदावरी नगरपालीका अन्तर्गत बज्रवाराहीमा १५ शैयाको अस्पताल निर्माणको शिल्यानाश गरिएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बज्रवाराही चापागाउँ अस्पतालको शिल्यानाश गर्नुभएको हो । सो क्रममा मन्त्री पौडेलले जनताको आधारभूत स्वास्थ्य अधिकार प्रत्याभूत गर्नका लागि देशभर नै अस्पताल निर्माण गर्न लागिएको बताउनुभयो ।

उहाँले स्थानीय तहको माग र आवश्यकताका आधारमा अस्पताल निर्माण शुरु गरिएको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले देशभर निर्माण हुने अस्पतालमा बजेट अभाव हुन नदिने पनि स्पष्ट पार्नुभयो । सोमबार सम्ममा ३ भन्दा वटा भवनको शिलान्यास भइसकेको छ । अन्य स्थानमा छिटै प्राविधिक समस्या समाधान गर्दै अस्पताल निर्माण सुरु गरिने जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री पौडेलले वर्तमान सरकारलाई जनमत प्राप्त सरकार भएकाले पाँच बर्षसम्म ढुक्कले काम गर्ने दावी गर्नुभयो । जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्दै मुलुकलाई बिकासको बाटोमा लैजाने काम वर्तमान सरकारले गरेको उहाँले बताउनुभयो ।

सरकारको योजना अनुसार प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, प्रदेश ३ मा ५१, प्रदेश ४ मा ५३, प्रदेश ५ मा ५७, प्रदेश ६ मा ४२, र प्रदेश ७ मा ५४ रहनेछन् । यही आर्थिक वषभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल भवन निर्माणको कुल बजेट ५८ अर्ब छ ।