उपत्यकाभित्र निषेधाज्ञा जारी गरेपछि सम्पूर्ण बैंकहरु बन्द

2 years ago

उपत्यकाभित्र निषेधाज्ञा जारी गरेपछि सम्पूर्ण बैंकहरु बन्द

काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले निशेधाज्ञा जारी भएको भन्दै कार्यालय हिँडेका बैंकका कर्मचारी रोकेपछि सम्पूर्ण बैंकहरु बन्द भएका छन् ।

प्रहरीको हस्तक्षेपपछि बिहीबार बैंकहरु बन्द गरिएको बैंकर्स संघले जनाएको छ । कार्यालय हिँडेका कर्मचारीलाई कार्यालय जान पनि नदिने तथा घर फर्कन पनि नदिने गरी रोकेर राखेपछि काम गर्ने वातावरण नभएको संघले जनाएको छ । बैंक नै बन्द हुने अवस्था आएपछि  नेपाल राष्ट्र बैंकले कर्मचारीलाई नरोक्न पहल गरेको थियो ।

कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब नरोक्ने प्रहरीले जनाएको छ। बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान आउन दिने आदेश भएको थियो । तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए ।

अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ । बैंक तथा वित्तीय संस्थाहरु पनि अत्यावश्यक अन्तर्गत पर्ने भएकाले नेपाल राष्ट्र बैंकले निश्चित बैंकका शाखाहरु खोल्न निर्देशन दिएको थियो ।