ईयूमा ‘खोप राहदानी’लाई मान्यता दिन ग्रीस र अस्ट्रियाको आग्रह

2 years ago

ईयूमा ‘खोप राहदानी’लाई मान्यता दिन ग्रीस र अस्ट्रियाको आग्रह

ग्रीस र अस्ट्रियाले युरोपेली सङ्घ (ईयू)का अन्य सदस्य राष्ट्रहरुलाई कोरोनाभाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात् ‘खोप राहदानी’ स्वीकार गर्न आग्रह गरेका छन्।

ईयूका नेताहरूबीच भएको एउटा भर्चुअल छलफल युरोप यात्रा गर्नका लागि ‘खोप राहदानी’ (खोप लगाएको प्रमाणित हुने कागज)लाई अनुमति दिन उनीहरुले प्रस्ताव राखेका हुन्।

उक्त ‘खोप राहदानी’ले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने उनीहरूको तर्क छ। खोप लगाइसकेकाले खोप लगाएको प्रमाणपत्र देखाएमा विना रोकतोक ईयू अन्तर्गतका देशहरु घुम्न पाउनेछन्।

तर “खोप राहदानी” को प्रस्तावको सङ्गठनका केही देशहरूले विरोध गरेका बीबीसीले जनाएको छ । खोप लगाएको व्यक्तिले भाइरस लिएर हिँड्न सक्ने तथा उसले अरूलाई भाइरस सार्न सक्ने वा नसक्ने विषयमा भएका अध्ययनहरु पूर्ण नभएको भन्दै फ्रान्स र जर्मनीले त्यस्तो प्रमाणपत्र अहिलेका लागि अपरिपक्व हुने बताएका छन्।

त्यस्तो राहदानीले सीमित व्यक्तिलाई मात्र विदेश यात्रा गर्न दिने भएकाले सो प्रस्ताव भेदभावपूर्ण हुने उनीहरुको तर्क छ ।