ईएमएले कोरोना विरुद्धको अक्सफर्ड–आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहको निष्कर्ष

2 years ago

ईएमएले कोरोना विरुद्धको अक्सफर्ड–आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहको निष्कर्ष

युरोपेली युनियनको औषधि नियामक निकाय ईएमएले कोरोना विरुद्धको अक्सफर्ड–आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहको निष्कर्ष निकालेको छ।

केही मुलुकहरुले रगत जम्ने समस्या देखिएको भन्दै यो खोपमा अस्थाई प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो। उक्त अनुसन्धानबाट खोपले कुनै हानी नगर्ने निष्कर्ष निकालिएको हो।

अक्सफर्ड–आस्ट्राजेनेका खोपका कारण रगत जम्ने खतरा नदेखिएको तर यसबारे थप अनुसन्धान जारी नै रहने ईएमएले बताएको हो।

सम्भावित आशंकाबारे थप अध्ययन र अनुसन्धान जारी नै रहने ईएमएले भनेको छ। यो खोप सुरक्षित तथा प्रभावकारी रहनुका साथै फाइदा धेरै र जोखिम निकै कम रहेको ईएमएले जनाएको छ।

ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले खोपले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउने र यो सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हुने बताइन्।