आवश्यकता अनुसार पिसिआर परिक्षणको दायरा बढाउने सरकारको तयारी

2 years ago

आवश्यकता अनुसार पिसिआर परिक्षणको दायरा बढाउने सरकारको तयारी

सरकारले आवश्यकता अनुसार पिसिआर परिक्षणको दायरा बढाउदै लैजाने निर्णय गरेको छ ।

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले लकडाउन खुल्ला भएपछि सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगरेको निष्कर्ष निकाल्दै यसबाट बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै पिसिआर परिक्षणको दायरा बढाउदै लैजाने निर्णय गरेको हो।

बैठकले भाद्र १ गतेदेखि सुरु हुने सेवा सञ्चालनको मापदण्ड सम्बन्धित मन्त्रालयले तयार गर्ने र प्रवेश बिन्दुमा नै क्वारेन्टाइनको व्ययवस्था गर्ने निर्णय पनि गरेको छ । केहि दिनको परिक्षणको नजिताका आधारमा परिस्थितिको बिश्लेषण गरि भावि रणनीति तयार गर्ने निर्णय बैठकले गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

 उहाले काठमाडौं भित्रने नाकामा पिसिआर परिक्षण गर्दा संक्रमित भेटिएकाले यातायात तथा उपत्यकाभित्रको हालको व्यवस्था परिमार्जन गर्नुपर्ने देखिएको बताउनुभयो ।