आर्थिक वर्ष २०७६/७७ मा नविल बैंकलाई ३ अर्ब ५६ करोड मूनाफा

2 years ago

आर्थिक वर्ष २०७६/७७ मा नविल बैंकलाई  ३ अर्ब ५६ करोड  मूनाफा

नविल बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ५६ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । कोरोना महामारीका कारण बैंकको मूनाफामा केहि कमी आएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २३ करोड रुपैयाँ मूनाफा आर्जन गरको थियो ।बैंकको करिब १६ प्रतिशत मूनाफा घटेको हो ।

कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा असर परेको कारण बैंकको मूनाफा घटे पनि अन्य सूचकहरु राम्रै देखिएका छन् । बैंकले गत आवमा एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यो अवधीमा १६ अर्ब ४९ करोड ब्याज आम्दानी गरेर ९ अर्ब ४७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ७ अर्ब २ करोड कायम गराउन सफल भएको देखिन्छ ।

१० अर्ब ९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।