आज १६ सयले बढ्यो सुनको मूल्य

2 years ago

आज १६ सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले उकालो लागेको छ । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला १ हजार ६ सयले वृद्धि भएर ९२ हजार ६ सयमा कारोबार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार निर्धारण गरिएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा १ हजार ६ सयले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

प्रतितोला ९० हजार ५ सय ५० मा बुधबार कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार १ सय ५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ । 

यस्तै, चाँदीको मूल्य आज प्रतितोला २० ले वृद्धि भएको छ । प्रतितोला १ हजार १८५ मा बुधबार कारोबार भएको चाँदी आज भने प्रतितोला १ हजार २ सय ५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।