आज सुनको मुल्य ४०० रुपैयाँले बढ्यो

2 years ago

आज सुनको मुल्य ४०० रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको मुल्य ४०० रुपैयाँले वृद्धि भएको छ ।

सोमबार साताको दोस्रो दिन सुनको मुल्य प्रतितोला ९१ हजार ६०० रूपैयाँ कायम भएको छ भने आज ४०० रूपैयाँले बढेर ९२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार ५०० रूपैयाँ कायम भएको छ र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर १२ सय ४५ मा कारोबार भइरहेको छ ।