आज सुनको मूल्य प्रतितोला ८ सयले घट्यो

2 years ago

आज सुनको मूल्य प्रतितोला ८ सयले घट्यो

नेपाली बजारमा आज माघ महिनाको पहिलो दिनमा सुनको मूल्यमा घटेर आएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेपछि प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधवार सुनको मूल्य प्रति तोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो भने यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने महासंघका अनुसार, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।