आज सुनको मूल्य तोलामा ९०० सयले घट्यो

2 years ago

आज सुनको मूल्य तोलामा ९०० सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा   ९०० सयले  घटेको  छ । आज छापावाला  सुन तोलाको  ९२ हजार ५०० सयमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला  ९३ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै बुधबार प्रतितोला  ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज  एक हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।