आज सुनको मूल्य तोलामा ८ सयले बढ्यो

2 years ago

आज सुनको मूल्य तोलामा ८ सयले बढ्यो

पुष महिनाको पहिलो दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

मंगलबार  प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन  आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँ कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला  ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने ९१ हजार ८५० मा कारोवार भएको थियो । चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ । मङ्गलबार  एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।