आज सुनको मूल्य तोलामा ४०० सयले बढ्यो

2 years ago

आज सुनको मूल्य तोलामा ४०० सयले बढ्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको  छ । बुधबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ४०० ले बढेर  ९३ हजार ५०० रुपैयाँमा कारबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन बिहीबार तोलामा ९३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो भने  बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो ।