आज सुनको मूल्य तोलामा २ सयले घट्यो

2 years ago

आज सुनको मूल्य तोलामा २ सयले घट्यो

नेपाली बजारमा आज सुनको  मूल्य २ सयले घटेको  छ । 

आइतबार तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । 

चाँदीको मुल्य भने आज स्थिर भई तोलामा १२३० रुपैयाँमा कारोबार भएको छ।