आज सुनको भाउ तोलामा ८ सयले बढ्यो

2 years ago

आज सुनको भाउ तोलामा ८ सयले बढ्यो

आज नेपाली बजारमा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार  भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।बिहीबार १२ सय ५५ रुपैयाँमा कारोबार भएकोचाँदीको भाउ १२८० रुपैयाँ पुगेको छ ।