आज बिहीबार सेयर बजारमा नयाँ रेकर्ड

2 years ago

आज बिहीबार सेयर बजारमा नयाँ रेकर्ड

हप्ताको अन्तिम दिन आज बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । 

२ हजार ३ सय ७४.६४ मा सेयर कारोबार मापक नेप्से परिसूचक पुगेको नयाँ कीर्तिमान कायम भएको हो । बिहीबार नेप्से परिसूचक ३१.८७ अंकले उकालो लागेको छ भने बैंकिङ परिसूचक ३.८३ अंक र म्युचल फण्ड ०.०५ अंकले ओरालो लागेको छ ।

नेप्से परिसूचक समग्रमा राम्रो सुधार भए पनि बैंक र म्युचल फण्ड उपसमूह भने बढ्न सकेको छन् । दोस्रो बजारमा ‍‍ कुल २०९ कम्पनीको १ करोड ८१ लाख ५६७१ कित्ता शेयर आउँदा कारोबार रकम भने ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३२ रुपैयाँ पुगेको छ ।