आज थप ११७० जनामा कोरोना संक्रमण पुष्टि

2 years ago

आज थप ११७० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३९९ महिला र ७७१ पुरुष गरी थप ११७० जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै उपत्यकामा ५१२ जनामा कोरोना देखिएको छ भने काठमाडौंमा १४१ महिला र २९९ पुरुष गरी ४४० जना, ललितपुरमा ११ महिला र १८ पुरुष गरी २९ जना तथा भक्तपुरमा २८ महिला र १५ पुरुष गरी ४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५५३२९ जना पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १५,३९३ जना रहेको छ । सोमबार ८७९ जना डिष्चार्ज भएका छन् भने हालसम्म ३९५७६ जना डिष्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल क्वारेन्टाइनमा ६८९२ जना रहेका छन भने  होम आइशोलेशनमा ७२७५ जना र संस्थागत आइशोलेशनमा ८११८ जना रहेका छन् । हालसम्म ८,५१,४०५ वटा पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।