आजदेखि बिहीबारसम्म बैंकको सबै शाखाहरु खुल्ने

2 years ago

आजदेखि बिहीबारसम्म बैंकको सबै शाखाहरु खुल्ने

विश्व महामारीको रुपमा फैलिएको कोभिड - १९ र देशभर ठाउँ ठाउँमा निषेधाज्ञा जारी भएपनि राजश्व उठाउने म्याद २५ गतेसम्म मात्र भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको छ।

शाखाहरु खोल्दा भीड नगर्ने, सामाजिक दुरी कायम गर्ने  र सहज तरिकाको  वातावरणमा काम गर्न  निर्देशन दिएको राष्ट्र बैंकले जानकारी गरिएको छ । अहिले बैंकले एकदमै कम शाखा मात्र खोलेर सेवा दिइरहेका छन् ।  आजदेखि बिहिबारसम्म बैँक तथा सस्थाहरु र सबै काउन्टरहरु खुला गरिएको छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।