असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने: यातायात व्यवसायी

2 years ago

असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने: यातायात व्यवसायी

यातायात व्यवसायीहरुले आफुहरुले असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने जनाएका छन् ।

असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने  सरकारको निर्णयलाई पर नर्सान पनि उनीहरुले आग्रह गरेका छन् । बुधबार यातायात व्यवस्था बिभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा तीन मजदुर संगठनबीच भएको छलफलमा व्यवसायीहरुले जुनसुकै अवस्थामा पनि असोज १ वाट यातायात सञ्चालन गर्ने स्पष्ट पारेका हुन् ।

छलफलमा आफुहरुले सामाजिक दूरी र सरकारको मापदण्डलाई पालना गर्दै सवारी साधान सञ्चालन गर्ने जानकारी गराएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँले यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण सरकारले गर्नुपर्ने बताउनुभयो ।

लकडाउनको समयमा ग्यारेजमा सवारी साधान थन्केका कारण यस बर्ष रुट परमिट लगाएत सम्पूर्ण करमा छुट दिनुपर्नेमाग गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट बिभिन्न प्रदेशमा पठाउदा सबै कम्पनीलाई यातायातबाट पठाउन बिभागलाई आग्रह गरिएको बताउनुभयो ।