अमेरिकी डेमोक्रेटका सिनेटको सदस्यद्वारा मतदान बहिस्कार गर्ने तयार

2 years ago

अमेरिकी डेमोक्रेटका सिनेटको सदस्यद्वारा मतदान बहिस्कार गर्ने तयार

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार गर्ने तयारी गरेका छन् ।

१२ दिनअघि राष्ट्रपतिको निर्वाचन हुनु न्यायाधीश नियुक्त गर्ने प्रक्रिया र पद्धति नै गलत रहेको र यस्तो पद्धतिमा सहभागी भएर बैधानिकता दिने कार्य आफूहरुका लागि स्वीकार्य नरहेको बताएको छ । गएको १६ सेप्टेम्बर मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गर्नु भएको थियो ।

ब्यारेट हाल संयुक्तराज्य मेरिकाको सातौं सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश हुनुहुन्छ । उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि सर्वोच्च अदालतमा रिक्त भएको स्थानमा राष्ट्रपति ट्रम्पले ब्यारेटलाई मनोनयन गर्नु भएको हो । डेमोक्र्याट पार्टीले भने चुनाव अघि मनोनयन नगर्न अनुरोध गर्दै आएको थियो ।