अमेरिकामा हिमआँधीबाट २३ जनाको मृत्यु

2 years ago

अमेरिकामा हिमआँधीबाट २३ जनाको मृत्यु

अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीले कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

हिमआँधीपछि टेक्सासमा आपतकाल घोषणा गरिए सँगै ‍लाखौँ सर्वसाधारण विद्युत सेवाबाट बञ्चित भएका छन् ।मंगलबार आएको आँधीले कोरोना खोप अभियान पनि प्रभावित भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

आँधीले लुसियाना, केन्टुकी, क्यारोलाइना, ओरगन र मिजौरीलगायतका राज्यमा पनि असर गरेको छ भने आँधीले विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।