अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक लाख ५० हजारभन्दा बढीको मृत्यु

2 years ago

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक लाख ५० हजारभन्दा बढीको मृत्यु

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण  एक लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ भने  ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

अमेरिकाका संक्रामण रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमानेर संक्रमण बढेको  बताएका छन् ।

ब्राजिल कोरोनाबाट प्रभावित अमेरिकापछिको दोस्रो मुलुक हो । ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या  ९० हजार १ सय ३४ जनाको पुगेको छ ।