अमेरिकामा एक महिनामा १ लाख ४० हजार बेरोजगार

2 years ago

अमेरिकामा एक महिनामा १ लाख ४० हजार बेरोजगार

अमेरिकामा २०२० को डिसेम्बरमा मात्रै १ लाख ४० हजार मानिसको जागिर गएको बताइएको छ ।अप्रिल २०२० मा पहिलो पटक अमेरिकामा रोजगारमा गिरावट आएको थियो ।

यसउको कारण हालैमा भएको कोरोना भाइरस संक्रमणको वृद्धि रहेको छ । जसले लेभर मार्केटको रिकभरी पूर्ण रुपमा रोकिदिएको छ ।

लेभर डिपार्टमेन्ट्स ब्यूरो अफ लेबर स्टेटिस्टिक्स ९बीएलएस० ले आफ्नो मासिक रोजगार रिपोर्टमा कोरोना भाइरसको वृद्धिका कारण रोजगारमा कमी आएको बताएको हो ।