अमेरिकाका सबै वयस्क नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने

2 years ago

अमेरिकाका सबै वयस्क नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने

आगामी अप्रिल १९ तारिखदेखि अमेरिकाका सबै वयस्क नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाका सबै वयस्क नागरिकलाई आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको  खोप लगाउनु पर्ने घोषणा गरेका छन् ।

आगामी मे १ तारिखदेखि उहाँले अमेरिकाका सबै नागरिकहरुलाई खोप दिइने घोषणा गरेका थिए । जो बाइडेनका अनुसार गएको ७५ दिनमा अमेरिकामा कम्तीमा पनि १५ करोड डोज खोप लगाइ सकिएको छ ।

अमेरिकामा खोप लगाउन शुरु गरिएको १०० दिन भित्रमा २० करोड  खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो । आगामी मे महिना सम्ममा राष्ट्रपति बाइडेनले अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञहरुले बताएका अनुसार  अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

हामीले आगामी दिनमा अझै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ त्यसैले थप सजग बनौँ, मास्क लगाउँ र जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना गरौँ  जस्ता जो बाइडेनले बताएको छ ।