अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको छलफल पछि नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने निर्णय

2 years ago

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको छलफल पछि नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने निर्णय

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )को सचिवालय बैठक  भदौ १३ गते बस्ने निर्णय गरिएको छ ।

मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएपछि  बैठक भदौ १३ गते ११ बजे बस्ने निर्णय भएको  प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन । ओली र प्रचण्डबीच कार्यदलको प्रतिवदन कार्यान्वयनका विषयमा दुई घण्टा छलफल भएपछि सचिवालय बैठकको समय निर्धारण गरिएको हो ।

पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत अनुमोदन गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी छ ।

ओलीप्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।