अत्यावश्यक वस्तु अभाव हुन नदिन निरन्तर बजार अनुगमन

2 years ago

अत्यावश्यक वस्तु अभाव हुन नदिन निरन्तर बजार अनुगमन

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना महामारीकाबीच पनि अत्यावश्यक वस्तु अभाव हुन नदिन निरन्तर बजार अनुगमन गरिरहेको जनाएका छन् ।

सञ्चार केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको उपत्यकाको बजार अनुगमन र सुरक्षा व्यवस्था बिषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले लकडाउनका बेला पनि उपत्यकामा अत्यावश्यक बस्तुको अभाव हुन नपाएको दावी समेत गरे ।

कार्यक्रममा काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिषम परिस्थीतमा कृतिम अभाव सिर्जना गर्न खोज्नेलाई कडा कारवाही गरिएको बताउनुभयो । उहाँले खाद्यान्न लगाएत मेडिकल सामाग्रीको कालाबजारीलाई पनि नियन्त्रण गरिएको दावी गर्नुभयो ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले महामारीको अवस्थामा कालाबजारी गरिरहेको भेटिएको र कारवाही गरिएको जानकारी दिनुभयो ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेडिकल सामाग्रीको कालाबजारीको गुनासो धेरै आएको र अनुगमन गरि कारवाही गरिएको बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महागरपालीकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले पनि महानगरभित्र बजार अनुगमनलाई महानगरले पनि प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।