९० अर्ब ६९ करोड बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई 

2 years ago

९० अर्ब ६९ करोड बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई 

सरकारले काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाउने भएको छ ।

आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका गर्नुभएको हो । त्यस्तै उहाँले सबै प्रदेशमा दुई सय शैय्याको अस्पताल बनाइने बताउनुभयो । स्वास्थ्य सेवामा खटिका स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न प्रोत्साहन भत्ता दिने घोषणासमेत अर्थमन्त्री खतिवडाले घोषणा गर्नुभयो ।

उहाँले  स्वास्थ्यकर्मीलाई पाँच लाखको निशुल्क स्वास्थ्य बिमा गरिने बताउनुभयो । हरेक प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाउने घोषणा गर्दै सरकारले प्रत्येक स्थानीय तहमा १५ बेडसम्मको अस्पताल निर्माणका लागि बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

मन्त्री खतिवडाले कोरोना भाइरसलगायत संक्रामक रोग र अरु रोगसँग लड्दै जनजीवन सामान्य अवस्थामा पुर्याउने उद्देश्य रहेको बताउनुभयो । उहाँले स्वास्थ्य जोखिमबाट सुरक्षित राख्न स्वास्थ्य क्षेत्रको दायर विस्तार गर्ने, जनशक्ति विस्तार गर्ने, संक्रमण रोकथाम नियन्त्रणका लागि चालिएको कदम बढाउने उद्देश्य सरकारको रहेको प्रष्ट पार्नुभयो ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बजेट ९० अर्ब ६९ करोड छ्ट्टाएको छ ।