६४ करोड ९० लाख लागतमा ६४९ स्थानीय तहमा अस्पताल निर्माण गरिने

2 years ago

६४ करोड ९० लाख लागतमा ६४९ स्थानीय तहमा अस्पताल निर्माण गरिने

सरकारले अस्पतालको सेवा नपुगेको भन्दै कुल ६४ करोड ९० लाख  लागतमा ६४९ वटा स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको छ।

५ बेडको अस्पताल बनाउने प्रयोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हरेक स्थानीय तहका लागि मापदण्ड समेत स्वीकृत भएको छ । सोही मापदण्डमा आधारित भएर स्थानीय तहले तत्काल पूर्वाधार निर्माणको काम थाल्नु पर्ने भएको छ ।

१० लाख रुपैयाँले अपुग भएको रकम भने स्थानीय तहले नै व्यवस्थापन गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ । यो बजेटले ३ महिनाभित्र अस्पताल बनाई सक्नुपर्ने छ ।

कोषले प्रतिशैया २ लाख रुपैयाँका दरले तोकिएका स्थानीय तहमा १० लाख रुपैयाँ निकासा दिने निर्णय गरेको छ ।