५८६ जनामा कोरोना संक्रमित पुष्टि

2 years ago

५८६ जनामा कोरोना संक्रमित पुष्टि

बुधबार नेपालमा ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित महोत्तरीमा पुष्टि भएका छन् ।

मन्त्रामलयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार महोत्तरीमा मात्रै २०० संक्रमित थपिएका छन् । त्यस्तै रौतहटमा १२७, प्युठानमा ३८, उदयपुरमा ४ , सिराहामा १, मोरङमा ९, झापामा २, धनुषामा २६, बारामा ७, कपिलवस्तुमा १०, रुपन्देहीमा ७, सर्लाहीमा ६, अर्चाखाँचीमा १२, कैलालीमा १, पर्वतमा ३, पूर्व नवलपरासीमा १७, गुल्मीमा २६, बाँकेमा १, बर्दियामा ३१, दाङमा ८, सल्यानमा २५, सुर्खेतमा २, दैलेखमा २, कालीकोटमा १४ र कञ्चनपुरमा सातजना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो ।

मृगौला सम्बन्धी समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।