५३८ जनामा कोरोना भाइरसको संक्रमण , मृत्यु हुनेको संख्या २४

2 years ago

५३८ जनामा कोरोना भाइरसको संक्रमण , मृत्यु हुनेको संख्या २४

नेपालमा पछिल्लो मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका बिभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका ५३८ सहित नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतले जानकारी दिनुभयो । मंगलबार थप ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २२२४ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका रसुवा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ । त्यस्तै कोरोनाका कारण दैलेख दुल्लका एक पुरुषको मृत्यु भएको छ । प्रवक्ता गौतमले दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको र नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको बताउनुभयो ।

मन्त्रालयका अनुसार हालसम्म पिसिआर बिधिबाट १ लाख ८६ हजार ३६६ को परिक्षण र आरडीटि बिधिबाट दुई लाख ७१ हजार भन्दा परिक्षण भइसकेका छन् । त्यस्तै हाल ७ हजार ८ सय ५१ जना आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।