५३५ जनामा कोरोनाभाइरस सङ्क्रमण

2 years ago

५३५ जनामा कोरोनाभाइरस सङ्क्रमण

नेपालमा सोमबार थप ५३५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि छ ।

देशका बिभिन्न स्थानमा रहेको प्रयोगशालामा भएको परिक्षणका क्रममा ५३५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । यो सँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९,५६१ पुगेको छ । संक्रमितमध्ये २,१४२ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

विगत २४ घण्टामा ३७० जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,१९८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । अहिलेसम्म ७५ वटा जिल्लामा कोभिड १९ पुगिसकेको पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो ।

अहिले देशभरि ९०,७३० जना क्वारेन्टाइनमा छन्, जसमध्ये अधिकांश भारतबाट फर्किएको व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइशोलेशनमा ७ हजार ७ सय ७९ जना छन् ।