१५६ कोरोना संक्रमण पुष्टि, कुल १०४२ कोरोना संक्रमित

2 years ago

१५६ कोरोना संक्रमण पुष्टि, कुल १०४२ कोरोना संक्रमित

बिहिबार एकैदिन १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले सप्तरी, रौतहट, भरतपुर, सर्लाही, सोलुखुम्वु, बझाङ लगाएतका बासिन्दामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।

त्यस्तै बिहीबार कोरोनाबाट थप एक जानाको मृत्यु भएको छ । ललितपुर बुङ्मतिका एक पुरुषको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता देवकोटाले अहिलेसम्म १८७ जना डिष्चार्ज भएको बताउनुभयो ।

हालसम्म पिसिआर बिधिबाट ६० हजार ६९२ परिक्षण र आरडिटि बिधिबाट १,०२०३४ परिक्षण गरिएको छ  भने ८६०५७ जना क्वारेन्टाइनमा छन् ।