हिन्दु नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाईयो

2 years ago

हिन्दु नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाईयो

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् ।

ऋषि पञ्चमी महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । तर यस पटक कोरोना महामारीका कारण घरमै नेपाली नारीहरुले ऋषि पञ्चमी मनाएका हुन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ ।

अरुणन्धती सहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । रजस्वला भइसकेका नारीहरुले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी–नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको छ ।