हेकाफद्धारा २० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री सहयोग

2 years ago

हेकाफद्धारा २० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री सहयोग

हेल्थ इन्भ्यारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेसनले हेकाफले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिहीबार हेकाफले २० वटा जीवनरक्षक बाइप्याप भेन्टिलेटर सहित पिपिई, पञ्जा, गाउन, माक्स, थर्ममिटर सहयोग गरेको हो । स्वास्थ्य मन्त्रालयलाई ९५ लाख रुपैया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हेकाफका अध्यक्ष तथा कार्यकारी निर्देशक महेश नकर्मीले जानकारी दिनुभयो ।

उक्त संस्गाले गत जेठ २१ गतेपनि ३० वटा बाइप्याप सहित १ करोड २७ लाख मुल्य बराबरको सामाग्री सहयोग गरेको थियो ।

सहयोग सामग्री हस्तान्तरण गर्दै उक्त संस्थाका अध्यक्ष नकर्मीले कोभिड १९ अझै नियन्त्रणमा नआइसकेको अवस्थामा स्रोत र साधनको कमी भएको नेपालमा बढी जोखिम हुने बताउनुभयो । उहाँले फाउण्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्रीले नेपालीहरुको जीवन रक्षामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोनाको लडाईमा सवै एकतावद्ध हुनुपर्ने बताउनुभयो । उहाँले भेन्टिलेटर अन्य सामाग्रीको व्यवस्थापन पनि सरकारले तीव्र रुपमा बढाईएको जानकारी दिनुभयो ।

उक्त संस्थाले पहिलो चरणको लकडाउनमा गरिब तथा विपन्न, दिर्घ रोगी तथा अपांगता भएका २ सय परिवारलाई राशन समेत उपलब्ध गराएको जनाएको छ ।