संसद बैठकको तयारीमा प्रचण्ड

2 years ago

संसद बैठकको तयारीमा प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एकदुईदिनभित्रै पार्टीको स्थायी कमिटि बैठक बस्ने बताउनुभएको छ । 

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको भन्दै केहि दिनभित्रै बैठक बस्ने बताउनुभयो । उहाले आन्तरिक गृहकार्य नपुगेकाले बैठक स्थगीत गरिएको बताउनुभयो ।

फरक प्रसंगमा उहाले संसद बैठकको तयारी पूर्ण रहेको आफुले पाएको बताउनुभयो । प्रचण्डले बैठकका लागि सिट समेत मिलाइएको पाइएको जानकारी दिनुभयो । 

संसद भवन बानेश्वरमा उहाले कोरोना परिक्षण पनि गराउनुभएको थियो भने संसद भवनको निरिक्षण पनि गर्नुभएको थियो ।