संसद कार्यव्यवस्था परामर्श समिति

2 years ago

संसद कार्यव्यवस्था परामर्श समिति

संघीय संसदको कार्यव्यवस्था परामर्श समितिले संघीय संसदको बैठकमा अधिकतम स्वास्थ्य सतर्कता अपनाउन जोड दिएको छ । 

संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको बैठकमा आगामी बैंशाख २६ गतेदेखि सुरु हुने संसद बैठकका लागि पूर्वतयारीका बारेमा छलफल भएको र अधिकतम स्वास्थ्य सतर्कता अपनाउन जोड दिएको हो ।

बैठकमा पूर्व बजेट र नीति तथा कार्यक्रमलाई कसरी राख्ने तथा कोरोना संक्रमणको दृष्टिले स्वास्थ्य सुरक्षाका केहि बिषयमा छलफल भएको सांसद दिलेन्द्र बढुले जानकारी दिनुभयो ।

बैठक सुरु हुनुभन्दा पहिले सेनिटाइज गर्ने र नयाँ तरिकाले सिटको व्यवस्था गरिने पनि उहाले बताउनुभयो । रोष्टममा बोल्ने प्रावधान केहिदिनलाई रोक्ने र सांसदको आसन अघि नै माइकको व्यवस्था गर्ने र त्यहिबाटै धारणा राख्ने गरि व्यवस्था हुने उहाले जानकारी दिनुभयो ।

त्यस्तै अन्य स्वास्थ्य सुरक्षाका बारेमा सरकारसंग छलफल गरेर अन्तिम रुप दिने सहमति बैठकमा भएको छ । संघीय संसदको बजेट अधिवेशन आगामी बैंशाख २६ गते अपरान्ह चार बजे बोलाइएको छ ।