स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलन

2 years ago

स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलन

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दुई संक्रमित भारतबाट आएको जानकारी दिनुभएको हो । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका निवासी ३५ वर्षीय पुरुष हुन् । उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए ।

मंगलवार थपिएका २ कोरोना संक्रमितसँगै कोरोना संक्रमितको संख्या ५४ जना पुगेको छ  भने हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । उहाले हालसम्म  ५४ हजार ८२६ जनामा कोरोना परिक्षण भएको बताउनुभयो भने आइशोलेशनमा १०७ जना रहेको जानकारी पनि गराउनुभयो ।

अहिले कोरोनाभाइरसका सबैभन्दा बढी संक्रमित विराटनगरमा उपचार गराइरहेका छन् । त्यस्तै, चितवनमा एक जना, धनगढीमा एक जनाको उपचार भइरहेको छ । वीरगन्जमा अब तीन जनाको कोरोनाभाइरस संक्रमणका एक्टिभ केसहरु रहेको उहाले बताउनुभयोे ।