स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलन

2 years ago

स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलन

बुधवार नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पर्सा जिल्लाका ४६ वर्षीय एक पुरुष तथा बाराका ३१ र ४३ वर्षीय दुई पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका १ पुरुषमा सङ्क्रमण देखिएको हो । केही समयअघि भारतको नयाँदिल्लीबाट फर्किएका उनीहरु सिमराको क्वारेन्टाइनमा रहेका थिए ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको उपचार नारायणी अस्पताल वीरगञ्जमा भइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

११ हजार ५ सय २४ जनाको पिसिआर र ४५ हजार ६ सय ६५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो । मितको संख्या ५७ पुगेको छ । भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार उनीहरु सबैको अवस्था सामान्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणको आशंकामा रेड जोनमा रहनेको संख्या ३१० जना पुगेको मन्त्रालयले जनाएको छ ।