स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलन

2 years ago

स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलन

नेपालमा कोरोना संक्रमितको संख्या अरु दुई थपिएको छ । रुपन्देही र बाँकेका एकरएक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबै व्यक्तिको अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो ।

संक्रमित व्यक्ति मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । एकहजार चार सय भन्दा बढिको पछिल्लो २४ घण्टामा परिक्षण गरिएको उहाले बताउनुभयो । उहाले अहिलेसम्म १२, ५७७ जनाको पिसिआर बिधिबाट परिक्षण जानकारी पनि दिनुभयो । 

उहाका अनुसार करिव ४८ हजारको र्यापिड टेष्ट भएको जानकारी दिनुभयो ।