स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले विश्वसम्पदामा सूचिकृत संरचना भत्काउन लागेको भन्दै विरोध स्वरुप दीप प्रज्वलन कार्यक्रम गरियो

2 years ago

स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले विश्वसम्पदामा सूचिकृत संरचना भत्काउन लागेको भन्दै विरोध स्वरुप दीप प्रज्वलन कार्यक्रम गरियो

स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सूचिकृत संरचना भत्काउन लागेको भन्दै विरोधस्वरुप दीप प्रज्वलन गरेको छ।

अभियानले स्वयम्भुमा शनिबार साँझ दीप प्रज्वलन गरेको हो । विश्वसम्पदामा सूचिकृत स्वयम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ लगाएत भत्काउन लागेकाले आफूहरू विरोध गरेको अभियानका अध्यक्ष आचार्य नोर्बु शेर्पाले जानकारी दिनुभयो ।

स्वयम्भु क्षेत्रभित्रका हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बौधिचैत्य सहितको पर्खाल भत्काउने कार्य धार्मिक–सांस्कृतिक सम्पदा संरक्षण विरोधी भएकाले तत्काल रोक्नुपर्ने उहाले बताउनु भयो ।

अभियानले मंसिर २७ गते स्वयम्भु परिसरमा विरोध स्वरुप शान्तिपूर्ण मौन र्याली गर्ने जनाएको छ । त्यस्तै आफ्ना मागहरुका बारेमा विभिन्न निकायलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको अभियानले जनाएको छ ।