स्वदेश ल्याएको नेपालीहरुलाई होल्डिङ सेन्टरमा राखिने

2 years ago

स्वदेश ल्याएको नेपालीहरुलाई होल्डिङ सेन्टरमा राखिने

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपालीहरुलाई स्वदेश ल्याउन सुरु गरेको छ ।

बिदेशबाट उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगतरूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ । कोरोना महामारीकाबीच विभिन्न मुलुकहरुबाट उद्धार गरी ल्याइने नेपालीहरुमा वाग्मती प्रदेशकालाई काठमाडौंको वसुन्धरामा रहेको यती पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइएको छ ।

शुक्रबार बिहान स्वदेश आएकाहरुलाई बसुन्धरामा राखिएको थियो । सरकारले बनाएको कार्यबिधी अनुसार नेपाली सेनाले बिमानस्थलबाट होल्डीङ सेन्टरसम्म ल्याएको महिला बालबालिका मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । उहाँले होल्डीङ सेन्टरमा राखिएपछि सम्बन्धीत जिल्लामा पठाउनका लागि स्वासथ्य अवस्थाका बारेमा जानकारी लिने काम भएको बताउनुभयो ।

म्यानमारबाट आएका नेपालीहरुले आफुहरुलाइ सरकारले गरको व्यवस्थाबाट खुसी भएको बताए । बिभिन्न मुलुकबाट आएका नेपालीहरुलाई उनीहरुले स्थायी ठेगानाका आधारमा बिभिन्न स्थानमा निर्माण गरिएको होल्डीङ सेन्टरमा राख्ने गरि सरकारले तयारी गरेको छ ।