सार्वजनिक यातायातमा भाडा चर्को भएपछि यात्रुको अभाव

2 years ago

सार्वजनिक यातायातमा भाडा चर्को भएपछि यात्रुको अभाव

सार्वजनिक यातायातमा भाडा चर्को भएपछि यात्रुको अभाव भएको छ । भने कतिपय यात्रुले  चर्को  भाडा तिर्न बाध्य भएका छन् । 

लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा भाडा चर्को भएपछि यात्रुको कम देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ ।

सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले बस सञ्चालन गर्न थालेका हुन् । काठमाडौंका विभिन्न रुटमा बस सञ्चालन भए पनि यात्रु भने निकै कम देखिएको छ ।

लकडाउन अघि र लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाबाट लाखौं मानिस बाहिर गएको र उनीहरु उपत्यका फर्कन नपाएपछि बसमा यात्रा गर्नेहरुको कमी देखिएको हो।