सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चुनौती देखिने

2 years ago

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चुनौती देखिने

बिभिन्न दलका नेताहरुले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग क’रा गर्दै नेकपा अध्यक्ष पुष्प कमल दाहालले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौति देखिन सक्ने बताउनुभयो ।

उहाँले कोरोना संक्रमणको अवस्थामा मुलुकमा जटिल अवस्था पैदा भएको र यसका कारण कार्यान्वयनमा चुनौति देखिएको बताउनुभयो । उहाले नीति तथा कार्यक्रमप्रति आफ्नो समर्थन रहेको धारणा पनि राख्नुभयो ।

त्यस्तै कांग्रेस नेता डा मिनेन्द्र रिजालले अहिलेको नीति तथा कार्यक्रम हेर्दा सरकारले प्राथमिकता गुमाएको बताउनुभयो । उहाँले कोरोनाबाट भएको क्षतीलाई न्य’निकरण गर्ने कार्यक्रम नआएको र आएका कार्यक्रम पनि कार्यान्वयनमा चुनौति देखिएको धारणा राख्नुभयो ।