सरकारलाई सांसद ‘अपहरण’को घटनाको यथार्थ नलुकाउन सुवास नेम्वाङको अनुरोध

2 years ago

सरकारलाई सांसद ‘अपहरण’को घटनाको यथार्थ नलुकाउन सुवास नेम्वाङको अनुरोध

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद ‘अपहरण’को घटनाको यथार्थ संसदमा जानकारी गराउनु पर्ने बताउनुभएको छ ।

शुक्रबार संसदको छैठौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा सम्बोधन गर्दै नेम्वाङले यथार्थ संसदले थाहा पाउनु पर्ने बताउनुभएको हो । उहाले संविधान कार्यान्वयन गर्नु दलहरुबीच सहमति आवश्यक रहेको र शान्ति प्रक्रियासम्बन्धी विधेयक टुंगो लगाउनु पर्ने बताउनुभयो ।

विश्‍वव्यापी महामारी बनेको कोरोनाको असरलाई न्यूनिकरण गर्न अहिलेको अधिवेशनले महत्वपूर्ण काम गर्नुपर्ने र त्यससँगै पहिलेदेखि संसदमा दर्ता भएर बसेको विधेकलाई टुंगोमा पुयाउनुपर्ने उहाले बताउनुभयो । पूर्व बजेट छलफल, सरकारको नीति तथा कार्यक्रममा गम्भिर छलफल हुने विश्वास उहाको छ ।

नेता नेम्वाङले सरकारले लकडाउन समयमै गरेका कारण अहिले नेपालमा कोही पनि भेन्टिलेटरमा नरहेको दाबी पनि गर्नुभयो । उहाले सरकारले लकडाउनका कारण विदेशमा रहेका नेपालीलाई छिट्टै फिर्ता ल्याउने अपेक्षा व्यक्त गर्नुभयो ।